देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली

काठमाडौं, ६ कार्तिक :

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । दिउँसो प्रदेश-१ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा नै रहने मौसमविद् सजिना शाक्य बताउनुभयो ।

प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको पनि उहाँले बताउनुभयो । अबको केही दिनको मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।

यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ११ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

बिहानको न्यूनतम तापक्रम घटे पनि अहिले घाम लागेकाले न्यानो हुन थालेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा