टी–२० विश्वकप क्रिकेट : श्रीलङ्काद्धारा आयरल्याण्ड नौ विकेटले पराजित

काठमाडौं, ६ कार्तिक :

अष्ट्रेलियामा चलिरहेको टी–२० विश्वकप क्रिकेट सुपर १२ को खेलमा श्रीलङ्काले आयरल्याण्डलाई नौ विकेटले पराजित गरेको छ । आय रल्याण्डले दिएको एक सय २९ रनको लक्ष्य श्रीलङ्काले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्योे ।

श्रीलङ्काको लागि कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रन बनाए । धनन्जय डि सिल्भा र चरिथा असलंकाले समान ३१–३१ रन बनाए ।आयरल्याण्डका लागि गारेथ डिलेनीले १ विकेट लिए । पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४२ बलमा ४५ रन र पल स्टर्लिङले २५ बलमा ३४ रन बनाए । श्रीलङ्काका लागि महेश तिक्षणा र वानिन्दु हसरंगाले २–२ तथा विनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुणारत्ने र धनन्जय डि सिल्भाले समान १–१ विकेट लिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा