जापानमा आपत्काल घाेषणा

चैत २६, २०७६ बुधबार । 

काठमाण्डाै – जापानमा काेराेना भाइरस (काेभिड १९) बाट प्रभावित सात वटा प्रान्तमा एक महिने लामाे आपत्काल घाेषणा गरिएकाे छ । आपत्काल घाेषणा गरिएका सात प्रान्तमा राजधानी टाेकियाे पनि पर्छ । याे आपत्काल आउँदाे मे महिनाकाे ७ तारिखसम्म लागु हुनेछ ।

मङ्गलबार जापानका प्रधानमन्त्री शिन्जाे अबेले आपत्कालकाे घाेषणा गरेका हुन् । एक महिने लामाे आपत्काल काेराेना भाइरसकाे सङ्क्रमण राेक्नका लागि लगाइएकाे हाे । मङ्गलबार जापानमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या तीन हजार ९ सय ६ पुगेकाे छ । याे सङ्ख्या गएकाे हप्ताकाे तुलनामा दाेब्बरले बढी हाे । जापानमा काेराेना सङ्क्रमणबाट अहिलेसम्म ९३ जनाकाे ज्यान गइसकेकाे छ ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने