काठमाडौं, २२ कार्तिक :
कार्तिक २१ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेको छ ।
त्यस्तै डेंगुबाट अहिलेसम्म यो वर्ष संख्या ५५ जनाको ज्यान गएको छ । यो संख्या सन् २००४ यताकै उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।





