युक्रेनी सेना खर्सोन फिर्ता लिन अघि बढ्दै

काठमाडौं, २५ कार्तिक :

रुसले आफ्नो सेनालाईपछि हट्न आदेश दिए लगत्तै युक्रेनी सेना दक्षिणी शहर खर्सोन पुनः नियन्त्रणमा लिन अघि बढेको छ ।

रुसी आदेशको २४ घण्टा बित्न नपाउदै महत्वपूर्ण उपलब्धि हात लागेको युक्रेनी सेनाको तर्क छ । ७ किलोमिटर क्षेत्र युक्रेनको हातमा आएको र सेना खर्सोनको बाहिरी काँठमा पुगेको जनाइएको छ । रुसले आफ्नो सेनालाई डेनिप्रो नदी तरेर बस्न आदेश दिएको छ । खर्सोन पूरै छाड्न एक साता लाग्ने भएको छ ।

युक्रेनले भने रुसको चालबाजी पनि हुनसक्ने भन्दै शतर्कतापूर्वक अघि बढ्न सेनालाई भनेको छ । युक्रेनी सेनाका सेनापति भ्यालेरी जालुज्नीले रुसी सेना फिर्ता भए नभएको निश्चित नभएपनि आफ्नो सेना भने अघि बढिरहेको बताएका छन् । खर्सोन नकिजका क्षेत्रमा स्थानीयले युक्रेनी सेनालाई स्वागत गरेको भिडियोहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको हातमा गएको खर्सोन एक मात्र क्षेत्रीय राजधानी हो । तर रुसले भने एकलौटी जनमत संग्रह मार्फत खर्सोन लगायत ४ वटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने