राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमण सकेर स्वदेश फिर्ता

/fi6«klt e08f/L–:jb]zdf ldq/fi6« stf/sf] rf/lbg] cf}krfl/s e|d0f ;s]/ :jb]z kms{g] qmddf laxLaf/ ;fFem lqe'jg cGt/f{li6«o ljdfg:yndf /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं, २६ कार्तिक : 

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँ आज बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले आइसल्यान्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको थियो । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ ९डब्लूपीएल० ले गएको बुधवार राष्ट्रपति भण्डारीलाई अवार्डले सम्मान गरेको थियो ।

डब्लूपीएलका संस्थापक एवम् अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्डबाट सम्मान गर्नुभएको थियो । आइसल्यान्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिक व्याक्तित्वसँग पनि भेट गर्नुभएको थियो । राष्ट्रपति भण्डारी सोमवार आइसल्यान्ड प्रस्थान गर्नुभएको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस