भिटामिन ‘सी’ औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं, २९ कार्तिक :

काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो ।

माइभिट–सी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ । विभागले केही दिन अघि मात्रै बायोकल–डी र एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो । विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–’डी’ रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस