पाँच दिनपछि बढेको शेयर बजार आज फेरि घट्यो

काठमाडौं, २९ कार्तिक : 

पाँच दिनपछि हिजो सोमवार एक दिन बढेको शेयर बजार आज मङ्गलवार फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुमा झरेको छ । बैंक र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २९ वटा कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर एक अर्ब दुई करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी र सिकलेस हाइड्रोको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड–१ को शेयर साढे चार प्रतिशत र पञ्चकन्यामाई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस