देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ कार्तिक : 

देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार २० जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९१ पुगेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस