भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट

काठमाडौं, ३० कार्तिक :

भोजपुरको पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिनुभयो ।

विस्फोटमा परेर अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । श्रेष्ठको खुट्टामा चोट लागेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहालसमेत सहभागी हुने पूर्व निर्धारित कार्यक्रम थियो । तर उहाँ कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी