आज पहाडी क्षेत्रमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने

बैशाख २, काठमाण्डाै:

मङ्गलबार पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले बदली भए पनि दिउँसो केही ठाउँको मौसम एकैछिन खुल्नेछ । तर आज देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना भने निकै कम रहेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा भने आज बेलुकीसम्म नै पानी पर्दै रोकिने क्रम चलिरहने उहाँको पूर्वानुमान छ । पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले राति पानी पर्न केही कम हुने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ बेलुकीतिर चट्याङ र हुरीबताससहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । अहिले प्रिमनसुन चलिरहेको छ । पश्चिमी वायुकै प्रभावले आज बिहानै काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन