पर्सिदेखि हुने यान्त्रिक परीक्षण उडानको लागि एरो थाइ कम्पनीको जहाज पोखरामा

कास्की, ३ मंसिर :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्सि सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाइ कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ ।

विमान पोखरा आइपुगेको र पर्सि सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् कि गर्दैनन् भनेर जाँच गर्नको लागि यान्त्रिक परीक्षण उडान गरिन्छ ।

क्यालिब्रेसन उडानका लागि पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठेपानी डाँडा कटानको काम पनि भएको प्रमुख मुनकर्मीले बताउनुभयो । क्यालिब्रेसन प्लाइटको समयमा नियमित उडान प्रभावित हुने छन् । क्यालिब्रेसन उडान सकिएपछि एरो थाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी