देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ मंसिर :

देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३२२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थिएन । शनिबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएको छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४३२ रहेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी