मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्छः ओली

eQmk'/, $ dªl;/M Pdfn] cWoIf cf]nLåf/f dtbfg eQmk'/sf] ;"o{ljgfos gu/kflnsf–@, afnsf]6l:yt dx]Gb| zflGt dfWolds ljBfno s]Gb|df dtbfg ub}{ g]skf-Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M /d]z lu/L÷/f;;

काठमाडौं, ४ मंसिर :

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गर्नुभएको छ । अध्यक्ष ओलीले आइतवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान गर्दै उहाँले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताउनु भयो । उहाँले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्ने बताउनु भयो । अध्यक्ष ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने बताउनु भयो । उहाँले शान्तिपूर्ण रुपमा, निर्वाध रुपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले नयाँ दलहरु राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको बताउनु भयो ।

अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । अध्यक्ष ओलीले भोट हाल्नुभएको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रुपमा एमाले नेता महेश बस्नेत हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा