विद्यार्थी नेताको हत्याको विरोधमा बाजुरामा आज पाँचौं दिन पनि बन्द

बाजुरा, ९ मंसिर :

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन अयडीको हत्याको विरोधमा बाजुरा सदरमुकाम मार्तडीलगायतका बजार क्षेत्र आज पाँचौं दिन पनि बन्द छन् । अनेरास्ववियुले अयडीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन र बन्द गराउँदै आएको छ ।

प्रदर्शनका क्रममा गत बुधवार मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा अनेरास्ववियुका सात जना कार्यकर्ता पक्राउ परेपछि बन्दकर्ताहरु झन आक्रोशित बनेका छन् ।

सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द छन् भने यातायात, शैक्षिक संस्था र कार्यालय पनि खुल्न सकेका छैनन । अयडीका हत्यारालाई कानुनी दायरामा नल्याएसम्म निर्वाचनका कुनै गतिविधि अगाडि बढ्न नदिने चेतावनी विद्यार्थीहरुले दिएका छन । चेतनका बुवा गगन अयडीले हत्यामा संलग्न भन्दै २२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेका थिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा