सत्ता गठबन्धनको बैठक भोलि बस्ने

????????, ?? ??????? ????????????? ????? ??????????? ?????? ????? ????? ????????? ????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ?????(?????? ????????)?? ??????? ????????? ????? ??????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं, १८ मंसिर :

चुनावको अन्तिम नतिजा आउन बाँकी रहेका बेला नयाँ सरकार गठन र चुनावको समीक्षाबारे छलफल गर्न सोमबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत आउने सम्भावना कम रहेको छ ।

स्पष्ट बहुमत पनि नआउने तर गठबन्धन नै अगाडि देखिएको चुनावी परिणामपछि बस्न लागेको यो बैठकमा नयाँ सरकारबारे छलफल हुनेछ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आफ्नो पार्टीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोमबार सत्ता गठबन्धनको बैठक बस्ने जानकारी दिएका थिए । यो चुनावबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले नयाँ सरकरबारे कस्तो प्रस्ताव ल्याउँछ त्यसैअनुसार माओवादीले आफ्नो रणनीति बनाउने तयारी गरेको छ ।

यसअघि शनिबार सत्ता समीकरणका लागि सबै विकल्प खुदा राख्ने निर्णय गरेको माओवादी केन्द्रले आइतबार भने सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थियो । यो चुनावबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेसले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरूले राजनीतिक भेटघाट गरिरहेका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा