स्कटल्यान्डले नेपाललाई ३ विकेटले हरायाे

काठमाडौं, १८ मंसिर :

नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई तीन विकेटले हराएकाे छ । नेपालले दिएकाे एक सय ३८ रनकाे लक्ष्य स्कटल्यान्डले ३२ ओभर १ बलमा सात विकेट गुमाएर भेटायाे ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, राेहित पाैडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस साेलले तीन विकेट लिए ।

नेपाललाई हराएसँगै स्कटल्यान्ड ३० खेलमा ४४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । नेपाल २२ खेलमा १८ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा