देशका केही भागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं, २५ मंसिर :

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (आइतबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशभर मौसम सामान्यतया सफा रहनेछ । आइतबार राति भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस