शेयर बजार फेरि घट्याे, कारोबार रकम घटेर ७७ करोड ७० लाख रुपैयाँमा सीमित

काठमाडौं, २७ मंसिर :

शेयर बजार आज मङ्गलवार फेरि घटेको छ । हिजो साेमवार १६ दशमलव ९७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो ।

आज कारोबार रकम पनि घटेको छ । हिजाे एक अर्ब ३६ कराेड रुपैयाँकाे शेयर काराेबार भएकाेमा आज दुई सय ४८ वटा कम्पनीकाे २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको सात करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घट्दा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्से सूचक घटेकाे दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस