एमालेले निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयाेजना गर्ने

काठमाडौं, २९ मंसिर :

नेकपा (एमाले)ले प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले प्रचार विभागका अनुसार आगामी पुस ५ गते राजधानीमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बधाई दिने तय भएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ र प्रदेशसभा सदस्यमा १६१ जना निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रतिनिधि र प्रदेशसभामा नवनिर्वाचित सदस्यहरूका साथै राष्ट्रियसभाका बहालवाला सदस्य, प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारलगायतलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस