अफगानिस्तानमा गैरसरकारी संस्थाहरूले काम रोक्ने चेतावनी

काठमाडौं, ११ पुस : अफगानिस्तानको तालिवान सरकारले महिलाहरुलाई कुनै पनि गैरसरकारी संघ संस्थामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाएपछि त्यहाँ कार्यरत ३ जना प्रमुख एनजीओले आफ्ना काम रोकेका छन् ।

केयर इन्टरनेसनल, दी नर्वेजियन रिफुजी काउन्सिल र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति जारी गर्दै महिला कर्मचारीहरु बिना आफूहरु कामलाई निरन्तरता दिन असमर्थ रहेको जनाएका हुन् । दातृ समूहहरुले महिलाहरुलाई काममा निरन्तरता दिन माग गरिरहेको बताइएको छ ।

अफगानिस्तानको सत्तारुढ तालिवानले महिलाहरुको अधिकार कुण्ठित गर्दै आएको छ । तालिवान सरकारको अर्थ मन्त्रालयका प्रवक्ता अब्देल रहमान हबिबले विदेशी दातृ समूहहरुमा काम गर्ने अफगान महिलाहरुले हिजाब नलगाएर नियम तोडेको बताएका छन् ।

साथै, तालिवान सरकारले प्रतिबन्धको पालना नगर्ने कुनै पनि संस्थाको अनुमतिपत्र रद्द गरिने चेतावनी समेत दिएका छन ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी