दुई गोल उपहार पाउँदा लिभरपुल विजयी

काठमाडौं,१६ पुस : दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो ।

खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लेस्टरका वोउट फाएसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । त्यसपछि ४५ औं मिनेटमा फाएसले फेरि आत्मघाती गोल गरेपछि लिभरपुल २–१ ले विजयी भयो ।

यस जितसँगै लिभरपुल १६ खेलबाट २८ अंक बटुल्दै लिगको छैटौं स्थानमा रहेको छ । लेस्टर १७ खेलबाट १७ अंकसहित लिगको १३ औं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी