आज वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं, १७ पुस : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, पश्चिम तराई र मध्य तथा पूर्वीतराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, देशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, प्रदेश-१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस