अहिलेको सरकार स्थिर र स्थायी सरकार हो : ओली

काठमाडौं, २५ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताउनु भएकाे छ । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । साेही क्रममा उहाँले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयाे ।

उहाँले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै यो सरकार निकम्मा, निष्क्रिय, शिथिल र यथास्थितिमा रहने नभई स्थायी र प्रभावकारी भएको दावी गर्नुभयाे । सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि ओलीले बताउनु भयाे ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी