घनश्याम भूसाल आज समाजवादीमा प्रवेश गर्दै

काठमाडौं, २९ पुस :

नेकपा एमाले परित्याग गर्नुभएका घनश्याम भूसाल आज शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुहुने भएको छ ।

भूसाल शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लाग्नु भएको हो । एमालेमा आन्तरिक संघर्ष चर्किदा भूसाल माधव नेपाल खेमामा हुनुहुन्थ्यो । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहनुभएको थियो ।

गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गर्नु भएको थियो । निर्वाचनमा उहाँलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उहाँ पराजित हुनुभएको थियो ।

एकीकृत समाजवादीमा फर्किनु भएका भूसालले कुन जिम्मेवारी पाउनुहुन्छ भन्ने खुलिसकेको छैन ।

 

 

 

 

 

 

 

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस