सुनको भाउ आज तोलामा १ लाख ५ हजार नाघ्यो

काठमाडौं, २ माघ : 

सुनको भाउ लगातार बढेको छ । आज तोलामा दुई सय रुपैयाँले घाउ बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।

हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको छ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी