राफायल नादालको विजयी सुरूवात

काठमाडौं, ३ माघ : वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपन सोमबारबाट सुरु भएको छ । शिर्ष खेलाडीहरु राफायल नादाल, डानिल मेदभेदेभ, एगा सिवाटेक र इम्मा राडुकानुले प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आधुनिक टेनिसका महान खेलाडी रोजर फेडेररले सन्यास लिएपछिको यो पहिलो मुख्य प्रतियोगिता हो । यसपटक अष्ट्रेलियन ओपन टेनिसमा सर्वियन खेलाडी नोभाक जोकोभिच मुख्य आकर्षण मानिएका छन् ।

अघिल्लो संस्करणमा कोभिड नियम पालना नगरेको भन्दै मेलबर्नबाट फर्काइएका जोकोभिच यसपटक भने उपाधि जित्ने लक्ष्यसहित मेलबर्न पुगेका छन् । अष्ट्रेलियाको मेलबर्नस्थित रड लेभर एरिनामा सोमबार भएको पहिलो चरणको खेलमा बेलायती खेलाडी ज्याक ड्रेपरलाई ७–५, २–६, ६–४ र ६–१ को सेटमा हराउँदै स्पेनका राफायल नादालले दोस्रो चरणमा ठाउँ बनाए । यसैगरी, अमेरिकाका मार्कोस जिरोनलाई हराउँदै रुसका डानिल मेदभेदेभ तथा फ्रान्सका क्वीन्टन हालीसलाई पाखा लगाउँदै ग्रिसका स्टेफानोस सित्सीपास पनि दोस्रो चरणमा पुगेका छन् ।

महिलातर्फ बेलायतकी एम्मा राडुकानुले जर्मनीकी तमारा कोरपैचलाई ६–३ र ६–२ को सोझो सेटमा हराउँदा पोल्याण्डकी इगा सिवाटेकले जर्मनीकी जुली निमियरलाई ६–४ र ७–५ ले पराजित गरिन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा