नेकपा सचिवालय बैठक सकियो, वैशाख २० गते पुन: बैठक बस्‍ने

काठमाडाैं, १७ वैशाख :

सत्तरुढ नेकपा सचिवालयको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पार्टी सचिवालय बैठकमा पार्टी एकताका विषय पछिल्ला समय उठेका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सचिवालय बैठक सकिएपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी एकताको सुदृढीकरण, सरकार र केही साथीहरुले माग्नुभएको स्थायी कमिटीको बैठकको बारेमा गम्भीर छलफल भएको छ ।

छलफल जारी छ।’ उनले पार्टीको स्थायी कमिटीको बैठकबारे आगामी २० गते पुनः बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताए। भने, ‘अहिलेको आवश्यकतासँग मेल खाने, जनादेशअनुसार काम गरिने र उपयृक्त निर्णय र छलफल र त्यही बैठक(सचिवालय) मा स्थायी कमिटी बैठक कहिले बस्नेबारे भन्ने टुंगो लाग्छ ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी