मधेस प्रदेशमा आज बलिदानी दिवस, प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं, ५ माघ :

मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईंदैछ । २०६३ सालमा भएको मधेस आन्दोलनको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।

आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको गोली लागेर ज्यान गएको थियो । त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

यो दिनलाई स्मरण गर्दै मधेस प्रदेश सरकारले कार्यक्रम गर्दै आएको छ । प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

 

 

 

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस