नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, ९ माघ :

नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी धुम्बाराहीस्थित आफ्नो निवासमा सोमबार बिहान साढे ९ बजे पदाधिकारीको बैठक बोलाउनुभएको हो । समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।

आगामी १५ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने तयारी गर्दै गर्दा संस्थापन इतर समूहले दवाव बढाउने रणनीति लिएपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको भएको बुझिएको छ । बैठकमा भ्रातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने भएको छ ।

कांग्रेसमा अहिले १३ जना पदाधिकारी रहेका छन् ।

 

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक