आईसीसीद्धारा सन् २०२२ को वर्ष टी–ट्वेण्टी टिम घोषणा

काठमाडौं, ९ माघ :

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले पुरुष र महिलातर्फ सन् २०२२ को वर्ष टिम घोषणा गरेको छ ।

आईसीसीले सन् २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका ११ जना खेलाडीलाई समावेश गरेर आईसीसी टी–ट्वेण्टी टिम अफ दि इअर घोषणा गरेको हो ।

पुरुषतर्फको टिममा कप्तान इंल्याण्डका जोस बटलर रहेका छन् भने भारतका विराट कोहली, सूर्यकुमार यादव र हार्दिक पाण्ड्या गरी तीन जना खेलाडी रहेका छन् ।

यस्तै पाकिस्तानका मोहम्मद रिजवान र हरिस रौफ, इंल्याण्डका साम कुरान, न्युजिल्याण्डका ग्लेन फिलिप्स, जिम्बावेको सिकन्दर राजा, श्रीलंकाका विनिन्दु हसरंगा र आयरल्याण्डका जस लिटिल रहेका छन् ।

त्यस्तै, वुमन टी–ट्वेण्टी टिम अफ दि इअर २०२२ को टिममा भारत र अष्ट्रेलियाका खेलाडी धेरै परेका छन् । ११ जनामध्ये भारतका स्मृति मन्धना, दिप्ती शर्मा, ऋचा घोष र रेणुका सिँह गरी चार जना परेका छन् ।

यस्तै, अष्ट्रेलियाका तीन जना तथा पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका र इंल्याण्डका एकरएक जना खेलाडी टीममा परेका छन् ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा