तरलता सहज हुँदा पनि बढ्न सकेन शेयर बजार, २ अर्ब ८६ करोडको कारोबार

काठमाडौं, १२ माघ :

बैंकिङ प्रणालीमा तरलता सहज हुँदा पनि यसको प्रभाव शेयर बजारमा पर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भएको भन्दै बजारबाट ५ अर्ब रुपैयाँ तान्दैछ । शेयर बजार र तरलताको सम्बन्ध हुने भएकाले तरलता सहज हुँदा बजार बढ्ने गर्छ । तरलता नहुँदा बजार तल झर्छ । बैंकहरुमा पछिल्लो समय कर्जाको माग छैन । नयाँ कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिन थालेको हो ।

कर्जा लिएकाहरुलाई नै व्याज र किस्ता तिर्न धौ धौ छ । यसले गर्दा बजारमा कर्जाको माग एकदमै न्युन छ । यदि यसरी नै कर्जाको माग घट्दै जाने हो भने आगामी दिनमा तरलता सहज हुँदै जाने देखिन्छ । जसले निक्षेपको व्याजदर थप घटाउनेछ र कर्जाको व्याजदर घटाउन पनि दवाव सिर्जना गर्नेछ । NLIC साताको अन्तिम दिन आज शेयर बजारमा तिब्र उताचरचढाव देखियो । आज एकदमै झिनो ०.३५ अंकले बजार घटेको छ । कारोबार रकम पनि २ अर्ब ८६ करोडमा सिमित भएको छ । १०७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आए पनि १०१ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।

चार वटा कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । आज होटल, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापारको सूचकमा सुधार देखिएको छ । यस बाहेक अन्य सूचकमा भने सुधार हुन सकेन ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी