आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १३ माघ : 

नेपाल राष्ट्र बैंकले आज माघ १३ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २५ पैसा र बिक्री दर १३० रुपैयाँ ८५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९५ पैसा र बिक्री दर १४२ रुपैयाँ ६१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ ११ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा