मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरद्वारा शपथ ग्रहण

जनकपुरधाम, १५ माघ : 

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा सिरहाका अधिवक्ता विरेन्द्र ठाकुरलाई नियुक्त गर्नुभएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा प्रदेश प्रमुख मिश्रले ठाकुरलाई संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरधामका कामु मुख्य न्यायाधीश गुणराज लुइँटेलले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेश प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका उच्च अधिकारीहरू उपस्थित रहनुभएको थियो ।

करिब २० वर्षदेखि सर्वोच्च अदालतमा रहेर वकालत गर्दै आउनुभएका ठाकुरले शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनको निर्माणमा अहोरात्र काम गर्ने बताउनुभयो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी