रवि लामिछाने पुन :  राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

काठमाण्डौं, १५ माघ :  

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पुन : सभापति बन्नु भएको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा बनाउने निर्णय गरेको हो ।

रास्वपाका महासचिव तथा प्रवक्ता डा।मुकुल ढकालले आजको बैठकमा रवि लामिछानेलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाएर सभापतिमा बनाउने निर्णय गरिएको बताउनु भयो ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक ठहर गरेपछि रास्वपाको सभापतिबाट स्वतः पदमुक्त हुनुभएको थियो ।

आइतबार नागरिकता पुनः प्राप्तिपछि लामिछाने पार्टी सभापतिको जिम्मेवारी सम्हाल्नु भएको हो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस