आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने

काठमाण्डौं, १८ माघ :

आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौमसविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले आजदेखि दुईरतीन दिन धेरै ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको मौसमविद् संजीव अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । तर, कहि कतै बादल लागे पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो र अस्ति धेरै ठाउँको मौसम धुम्म भएको थियो ।

अस्ति धुम्म भएको काठमाण्डौमा भने हिजो दिउँसो भने पारिलो घाम लागेको थियो । पारिलो घाम लागेसँगै काठमाण्डौको अधिकतम तापक्रम बढेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस पुगेको मापन गरिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा