कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै

काठमाण्डौं, १९ माघ :

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।

धुम्बाराहीस्थित पार्टी सभापति देउवाको निवासमा अहिले केही बेरमा बस्ने बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र दुई महामन्त्री सहभागी हुने छन् ।

राष्ट्रिय सभाका उपाध्यक्षको चुनावलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ । राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेको छ ।

कांग्रेसले उम्मेदवारी दिनेरनदिने सम्बन्धनमा बिहीबारको बैठकले टुंगो लगाउने बताइएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी