रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा आत्मदाहको प्रयास

जुम्ला , १९ माघ : 

जुम्लामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

आज दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालयको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै बाँकेको कोहलपुर नगरपालिका वडा १० स्थायी घर भएका ४० वर्षीय गोर्कण कार्कीले आत्मदाहको प्रयास गरेका हुन् ।

शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरिरहेका बेला कार्कीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक हुन् । उनी विगत १५ वर्षदेखि प्रतिष्ठानमा काम गर्दै आएका छन् ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि