कोरोना संक्रमितको संख्या शनिबार शून्य

काठमाण्डौं, २१ माघ :  

कोरोना संक्रमितको संख्या शनिबार शून्य रहेको छ ।

गत २४ घण्टामा ३ सय ९५ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार ४ जना कोरना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस