सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी

:jf:YodGqL lu/L –;Daf]wg algofgL, @# df3M :jf:Yo tyf hg;ªVof dGqL kbd lu/L ;f]daf/ emfkfsf] latf{df]8–@ l:yt ;xf/f g]kfn art tyf C0f ;xsf/L ;+:yfsf] bzf}F lj:tfl/t e]nfnfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/ M ;Gtf]if zdf{÷ /f;;

बनियानी, २३ माघ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उहाँले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको हो ।

“सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ”, मन्त्री गिरीले भन्नुभयो, “स्वास्थ्य बीमामा वैज्ञानिक प्रणाली लागू गरेर अझ व्यवस्थित र परिस्कृत बनाउँछौँ।” स्वास्थ्य बीमाबाट उपचार गराउन घण्टौँ लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले अब त्यस्तो अवस्था अन्त्य हुने जिकिर गर्नुभयो । “पालिकास्तरका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिनेछ”, मन्त्री गिरीले भन्नुभयो, “सात वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउँदै छाँैं ।”

भाषणमा भन्दा काम गरेरै देखाए जनतामा सरकारप्रति विश्वास बढ्ने हुँदा विगतका कमी÷कमजोरीलाई पहिल्याएर ठोस योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले उपचार नपाएर मर्नुपर्ने र उपचार गराएर उठिबास हुने वर्तमान अवस्था अन्त्य गर्नु सरकारको दायित्व रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले संस्थाको आगामी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस