टर्की र सिरिया भूकम्प अपडेटस् मृत्यु हुनेको संख्या ८ हजार नजिक

(230206) -- MALATYA, Feb. 6, 2023 (Xinhua) -- People check damaged buildings after the earthquakes in Malatya, Türkiye, on Feb. 6, 2023. At least 284 people were killed and 2,323 others injured after two strong earthquakes jolted Türkiye early Monday and damaged more than 1,700 buildings, Turkish Vice President Fuat Oktay said. (Photo by Mustafa Kaya/Xinhua)

काठमाडौँ, २५ माघ : 

टर्कीमा सोमबार गएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ७ हजार ८ सय नाघेको छ ।

सिरियामा मात्रै १९ सय जना भन्दा बढीको मृत्यु भएको भएको हो। भग्नावशेषमा हजारौं मानिसहरू च्यापिएकाले मृतकको संख्या बढ्ने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भूकम्प गए लगत्तै टर्कीमा ३ महिने संकटकाल लागू गरिएको छ । भूकम्पको चपेटामा परेको टर्कीका लागि विश्वका धेरै राष्ट्रले आर्थिक सहयोग गरिरहेका छन् ।

चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। आपत्कालीन सहायता अन्तर्गत उक्त रकम टर्कीलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रस सोसाइटीले टर्की र सिरियालाई २ लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्की र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको जनाएको छ ।

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टर्की र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए। भूकम्प प्रभावित टर्कीलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई वटा विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित बुधबार साँझ र पछि टर्कीमा थप दुई वटा भारतीय वायुसेना विमान टर्की पठाइने रक्षा अधिकारीहरूले बताएका छन् ।

आंकारास्थित आर्मी फिल्ड अस्पतालले ८९ सदस्यीय मेडिकल टोली पठाएको छ । यसैगरी भारतले पठाएको सहायताको पहिलो खेप टर्कीको अदाना पुगेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले भूकम्प पीडितहरूको खोजी, उद्धार र सहयोगका लागि ८५ सदस्यीय टोली टर्की पठाउने बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको निर्देशनअनुसार उद्धारमा सहयोग गर्न १ सय भन्दा बढी रुसी उद्धारकर्ता टर्की पुगेका छन् । खोज र उद्धारमा उपयोग हुने एन्डोस्कोप, ध्वनिक उपकरण, जियोराडार र थर्मल इमेजरसहित रुसी टोली त्यहाँ पुगेको हो । त्यसैगरी संयुक्त राष्ट्रसंघका विभिन्न विशिष्टिकृत निकाय पनि राहत सामग्री लिएर टर्की पुगेका छन् । विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रमको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । यसैबीच, टर्कीले ७ दिने शोक घोषणा गर्दै उद्धार र राहत कार्यमा सहयोग गर्न विश्व समुदायलाई आह्वान गरेको छ।

भूकम्पमा परी मृत्यु हुनेको शव सडकमै राख्न थालिएको छ । उद्धार कार्यलाई तीव्रता दिनका लागि मृत्यु भएकाहरुको शव व्यवस्थापन पछि गरिने टर्की सरकारले निर्णय गर्दै मृत्यु हुनेहरुको शव सडकमै राख्न थालिएको हो । संयुक्त राष्ट्रसंघले भूकम्पमा मृत्यु हुुनेमा बालबालिकाको संख्या अत्यधिक रहेको जनाएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयपले प्रभावित १० प्रान्तमा ३ महिने आपतकाल घोषणा गर्नुभएको छ ।

प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । यसैबीच टर्कीलाई हालसम्म ७० राष्ट्रहरुले सहायता पठाइसकेका छन् । अन्य राष्ट्रहरुले सहयोगको घोषणा गरिसकेका छन् । यता भग्नावशेषम च्यापिएकाहरुको खोजीकार्यमा परिवारजन नै लागि परेका छन् । टर्कीमा तापक्रम घट्ने क्रम जारी रहेकै बेला आएको विनाशकारी भूकम्पका कारण प्रभावितहरुको बिचल्ली भएको छ ।

उनीहरुलाई राखिएको स्थान चिसो भएका कारण कतिपय बिरामी पर्न थालेका छन् । एजेन्सी

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस