देशभर थपिए ३ जना कोरोना संक्रमित

काठमाडौँ, २७ माघ : 

देशभर ३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १०८५ जनाको नमूना परीक्षण गरिएको थियो ।

३७२ जनाको पीसीआर र ७१३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित संख्या ३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर ६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस