लागुऔषध कारोबारमा संलग्न ६ विदेशी नागरिकसहित १३ जना पक्राउ

काठमाडौँ, २ फागुन :  

नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न छ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी आज मङ्गलवार सार्वजनिक गरेको छ ।

लागुऔषध कारोबारमा संलग्नमध्ये चार जना थाई नागरिक, दुई जना भारतीय र सात जना नेपाली नागरिक रहेका छन् । गएको माघ २४ गते काठमाण्डौ महानगरपालिका २८ बाट सोलुखुम्बुका ३५ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका थिए ।

थप अनुसन्धानको क्रममा भारतीय नागरिक फैज अहमद, धनुषाका अयान रेजा र जाकिर नदाफ, काभ्रेका दीपक तामाङ र नुवाकोटका लक्ष्मण बखती लगायत पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार माघ २८ गते चार जना थाई नागरिक लागुऔषध चरेससहित पक्राउ परेका थिए ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने