लागुऔषध कारोबारमा संलग्न ६ विदेशी नागरिकसहित १३ जना पक्राउ

काठमाडौँ, २ फागुन :  

नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न छ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी आज मङ्गलवार सार्वजनिक गरेको छ ।

लागुऔषध कारोबारमा संलग्नमध्ये चार जना थाई नागरिक, दुई जना भारतीय र सात जना नेपाली नागरिक रहेका छन् । गएको माघ २४ गते काठमाण्डौ महानगरपालिका २८ बाट सोलुखुम्बुका ३५ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका थिए ।

थप अनुसन्धानको क्रममा भारतीय नागरिक फैज अहमद, धनुषाका अयान रेजा र जाकिर नदाफ, काभ्रेका दीपक तामाङ र नुवाकोटका लक्ष्मण बखती लगायत पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार माघ २८ गते चार जना थाई नागरिक लागुऔषध चरेससहित पक्राउ परेका थिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा