रुसी पत्रकारलाई ६ वर्ष जेल सजाय

काठमाडौँ, ४ फागुन :

झुठो समाचार फैलाएको आरोपमा रुसका एक पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । पत्रकार मारिया पोनोमारेन्कोलाई साइबेरियाको बर्नौलको अदालतले गलत समाचार फैलाएको भन्दै ६ वर्षको जेल सजाय सुनाएको हो ।

रुसी लडाकु विमानले युक्रेनको थिएटरमा गरेको घातक हमलाको बारेमा मारियाले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । यसअघि उनलाई पाँच वर्षसम्म पत्रकारिताका गतिविधिमा पनि रोक लगाइएको थियो ।

पोनोमारेन्कोलाई गत अप्रिलमा हिरासतमा राखिएको थियो । गत मार्चमा मारियुपोल थिएटरमा बम विस्फोट हुँदा सयौँ सर्वसाधारणको मृत्यु भएको थियो । एजेन्सी

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस