सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न

काठमाडौं, ५ फागुन :  

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा गम्भीर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।

भारतको मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा उपचारत कांग्रेस नेता एवम् गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको उहाँको उपचार समन्वयका लागि सँगै जानुभएका नेता योजराज कँडेलले जानकारी दिनुभयो । भण्डारीको अवस्था सामान्य रहेको छ । अब दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने कुरा ‘अब्जर्भेशन’ पछि मात्र निर्णय हुने उहाँले बताउनुभयो ।

भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उहाँको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको कँडेलले जानकारी दिनुभयो ।

बुधवार राति काठमाण्डौमा रहेको घरमा ग्यास चुहिएर भएको आगलागीमा परि गम्भीर घाइते बन्नुभएका भण्डारीलाई उपचारका लागि हिजो बिहीवार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो । त्यही घटनामा जलेर गम्भीर घाइते भण्डारीकी आमा हरिकला भण्डारीको हिजो बिहान निधन भएको थियो ।

संबन्धित शिर्षकहरु

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

आज पनि सुनचाँदीको भाउ घट्यो