प्रिमियर लिग : एस्टन भिल्लालाई हराउँदै आर्सनल शीर्ष स्थानमा, साउथह्याम्पटनसँग चेल्सी पराजित

Arsenal's Mesut Ozil, left, shoots during the English Premier League soccer match between West Ham United and Arsenal at The London Stadium in London, Saturday Dec. 3, 2016. (AP Photo/Tim Ireland)

काठमाडौं, ७ फागुन :

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा आर्सनलले घरेलु टोली एस्टन भिल्लालाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले एस्टन भिल्लाई ४–२ गोलले हरायो।

आर्सनलका बुकायो साका, ओलेक्सन्डर जिन्चेन्को र गाब्रियल मार्टिनेलीले गोल गरे । उसले एक गोल उपहार पाएको थियो । भिल्लाका ओली वाट्किन्स र फिलिपे कौटिन्होले गोल गरे । जितसँगै आर्सनलको २३ खेलमा ५४ अङ्क भएको छ । पराजित एस्टन भिल्ला समान खेलमा २८ अङ्ककासाथ ११औँ स्थानमा छ।

गएराति भएका अरु खेलमा लिभरपुलले न्युक्यासललाई २–० गोलले तथा साउथह्याम्पटनले चेल्सीलाई, बर्नमाउथले उल्भ्सलाई, एभर्टनले लिड्स युनाइटेडलाई र फुलह्यामले ब्राइटनलाई १–० गोलले हराएको छ । नटिङ्घम फरेस्ट र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एकरएक गोलको बराबरी खेलेका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस