देशभर थप २ जनामा कोरोना क्रमण पुष्टि

काठमाडौं, १० फागुन : 

देशभर थप २ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ सय ६६ जनाको नमूना परीक्षण गरिएको थियो ।

५ सय ५६ जनाको पीसीआर र १७ सय १० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस