राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन : अध्यक्ष नेपाल

cWoIf g]kfn sf7df8f}F, !! kmfu'g M g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs'df/ g]kfn laxLaf/ kf6L{sf] afudtL k|b]; sld6Ln] cfof]hgf u/]sf] k|lzIf0f sfo{qmddf dGtJo JoQm ug'{x'Fb} . tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौं, ११ फागुन :

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेस लगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताउनुभयो ।

शक्तिको बाँडफाँटमा पार्टीको भूमिका हुनुपर्ने भन्दै उहाँले पछिल्लोपटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका विषयमा सञ्चारमाध्यममा आएका समाचारका पछाडि नलाग्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षपछि आफ्नो भेटवार्ता भएको जानकारी गराउँदै उहाँले कम्युनिष्ट एकताका साथै राष्ट्रपति निर्वाचनमा सर्वसम्मत पात्र खोज्ने विषयमा सामान्य छलफल भएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा र राष्ट्रको समस्या समाधानमा पार्टी केन्द्रित रहेको बताउनुभयो । देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएकाले कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै उहाँले छरिएका कम्युनिष्ट शक्तिहरू सहकार्य तथा मोर्चा गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  (रासस)

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि