आइतबार कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं, १४ फागुन :

पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन।

गत २४ घण्टामा १५ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । १५ सय ५१ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आइतबार देशभर ७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा