सरकारको मुख्य प्राथमिकता सुशासन र विकास हो : प्रधानमन्त्री

df5fvf]nf hnljB't cfof]hgf pb3f6g sf7df8f}F, !% kmfu'gM k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;f]daf/ ljsf; xfO8«f]kfj/ sDkgL lnld6]8åf/f ;~rflnt df5fvf]nf hnljB't cfof]hgf sfo{qmd pb3f6g ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं, १५ फागुन : 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ ।

बालुवाटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौँ ।’उहाँले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताउनुभयो । प्रधानमन्त्रीले विगतका दिनहरूमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको बताउँदै यस पटक स्थायित्व दिनेमा आफूहरूको विश्वास रहेको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र सङ्घको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ । मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो । यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरू पनि अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।’ प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा संलग्न स्वदेशी र गैरआवासीय नेपाली सङ्घमा रहेका नेपालीहरूको योगदानका लागि विशेष धन्यवाद पनि दिनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा